कञ्चनरुप , वैशाख १८ गते । कञ्चनरुप नगरपालिकाले अभियानकै रुपमा सञ्चालन गरेको दलित बस्तीमा निशुल्क घरदैलो स्वास्थ्य शिविर शनिवार पनि सञ्चालन गरेको छ ।
कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा कञ्चनरुप ५ स्थित रहेको पिप्रापूर्व स्वास्थ्य चौकी नजिक रहेको दलित बस्तीमा चर्म रोग शिविर र दलित बस्तीमा निशुल्क घरदैलो स्वास्थ्य शिविर सम्पन्न गरेको स्वास्थ्य शाखाका सह संयोजक डम्बर प्रसाद गुप्ताले बताउनुभयो ।
शिविरमा २ सय ४२ जनाले स्वास्थ्य जाँच गराएको , जसमध्ये महिला १ सय ५४ जना र पुरुष ८८ जनाले स्वास्थ्य जाँच गरी लाभ लिएको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस मध्ये चर्म रोग (छालाको समस्या) महिला ४२ जना र पुरुष ४६ जनाले स्वास्थ्य जाँच गराएको स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादवले जानकारी गराउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/180987511_158197399480888_7652613642577640274_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/180987511_158197399480888_7652613642577640274_n-1024x768.jpg)
छाला सम्बन्धि रोगहरुको जाँच कुष्ठरोग अस्पताल लालगढका डाक्टरहरुले गर्नुभएको थियो भने अन्य बिरामी जस्तै मुख, नाक, कान, घाँटी, पेट, दाँत लगायत महिलाहरुको समस्याका बारेमा नगरपालिका भित्रका अनुभवि स्वास्थ्यकर्मी, स्टाफ नर्स, अनमीहरुले स्वास्थ्य जाँच गरेको स्वास्थ्य शाखाले जनाएको छ ।
सो शिविरमा निशुल्क ल्याब परीक्षण र निशुल्क औषधी समेत वितरण गरिएको सह संयोजक गुप्ताले बताउनुभयो ।
रोग तथा शरीरका पिडा बोकेर पनि उपचार गराउन नसक्ने दलित समुदाय प्रति नगरपालिकाले निशुल्क शिविर आयोजना गरेर स्वास्थ्य सेवा प्रदान गरेको यो दोस्रो हो । यस अघि वडा नम्बर ३ स्थित तत्मा टोलमा पहिलो स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/180993386_215007480056604_3546437137006951477_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/180993386_215007480056604_3546437137006951477_n-1024x768.jpg)
शिविरको उद्घाटन गर्दै नगर प्रमुख बसन्त कुमार मिश्रले दलित समुदाय अझैं पनि पछाडि छन् , हकले पाउने सुविधा पनि यिनीहरु लिन सक्दैनन् , शिक्षा , रोजगार आयआर्जन जस्तामा यी समुदाय अरु समुदायको तुलनामा आउन नसक्ने भएकाले स्वास्थ्य मात्रै होइन अन्य सेवा सुविधामा समेत नगरपालिकाले व्यवहारमा उतार्नुपर्छ भनेर नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
शिविरको महत्त्वको बारेमा स्वास्थ्य शाखाका संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादवले प्रकास पार्नुभएको थियो भने पोषण कार्यक्रमकी सहजकर्ता सुशिला चौधरीले सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो ।
वडा नम्बर ५ का वडा अध्यक्ष कैलास कुमार साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/181650294_248108253668604_1924113298536927630_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/181650294_248108253668604_1924113298536927630_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/181106236_966533540785604_7972407103388679263_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/181106236_966533540785604_7972407103388679263_n-1024x768.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment