समाचार

पातो बजारमा माक्स नलगाइ हिडडुल गर्ने सर्वसाधारणलाई कार्वाहि

महेन्द्र सदा /
पातो (सप्तरी), वैशाख १८ गते ।
कोरोना भाइरस (कोभिड १९) को दोस्रो लहरको प्रकोपबाट बच्न इलाका प्रहरी कार्यालय पातोले डाक्नेश्वरी नगरपालिका पातो स्थित लाग्ने स्थानिय हाट बजारमा कडा निगरानी गरेको छ ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्र रुपमा फैलिएको र सप्तरी जिल्लामा पनि दिन प्रतिदिन कोरोनाका संक्रमित बढी रहेकाले त्यसबाट बच्न प्रहरीले जनमानसमा सावधानी अपनाउन, सतर्क रहन माक्स एवं सामाजिक दुरी कायम राख्न सचेत गराउनुका साँथै स्वास्थ्य मापदण्ड पाल्ना गर्न समेत आग्रह गरेको छ ।
त्यस्तै प्रहरीले पातो बजारमा माक्स नलगाइ हिडडुल गर्ने सर्वसाधारणलाई कार्वाहि गरि रु १ सय जरिवाना गर्नुका साथै हाटबजारमा भिडभाड नगर्न चेतावनी समेत दिएको छ । नमानि उलंघन गर्नेलाई हाटबजारमा सामाजिक दुरी कायम राख्न उनीहरुको ढक तराजु समेत खोस्ने कार्य गरेका छन् । तरकारी बजारमा मास्क नलगाउने, मास्क लगाईहाले पनि राम्रोसँग नलगाउनेको संख्या बढी देखिएको छ । सामाजिक दूरीको पालना नगरी धेरै जना मानिसहरु एकै ठाउँमा झुम्मिएको पाईएको छ ।

स्थानिय पालिकाले निर्णय गरेको हाटबजार बन्द गर्ने, सामाजिक दुरी कायम राख्ने, माक्स अनिवार्य लगाउने, सेनिटाइजर लगाउने , बेलाबेलाम साबुन पानीले हात धुने कुराहरु कार्यान्वयनमा फितलो देखिएको स्थानिय निकायले जनाएको छ ।
डाक्नेश्वरी नगरपालिकामा हेल्थ डेक्स स्थापना भए ता पनि यसको कार्यान्वयन पक्ष फितलो रहेको छ । यहाँ सिमावर्ती क्षेत्र नेपाल भारत खुल्ला सिमाना क्षेत्रमा कडाई गरे पनि जान र आउन बन्द भएको छैन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page