समाचार

सप्तरीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट बिराटनगरमा मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

सप्तरी , १८ वैशाख । सप्तरीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट विराटनगरमा मृत्यु भएको छ ।
नोबेल शिक्षण अस्पताल विराटनगरमा भर्ना भएका राजविराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई दिउँसो १ बजेतिर भर्ना गरिएकोमा आज उपचारकै क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित पुरुषको बिहान ५:४५ बजेतिर मृत्यु भएको हो।

‘उपचारका लागि ल्याउँदा संक्रमितको अवस्था गम्भीर थियो,’ प्रबन्धक दाहालले भन्नुभयो, ‘तत्काल उपचार थालिएको भए पनि बचाउन सकिएन।’
मृतकमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page