समाचार

राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटिद्वारा पाँच सय माक्स वितरण

उत्सव आचार्य
कञ्चनरुप (सप्तरी) , १७ वैशाख ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि नेकपा एमालेको व्यवस्थापन तथा राष्ट्रिय युवा संघ नेपाल, कञ्चनरुप नगर कमिटि सप्तरीको आयोजनामा कञ्चनरुप १२ स्थित रहेको रुपनगर चौकमा “तपाईको माक्स खोइ”? अभियान अन्तर्गत आज (शुक्रबार) पाँच सय वटा माक्स वितरण गरिएको छ ।
कोरोना भाइरसको विश्वभरी फैलिएको दोश्रो लहर (भेरियन्ट) कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि नेकपा एमाले, राष्ट्रिय युवा संघ नेपाल कञ्चनरुप नगर कमिटि र वडा नम्बर १२ को आयोजनामा मास्क नलगाई हिंड्ने सर्वसाधारण , यात्रु, सवारी चालकलाई निःशुल्क मास्क वितरण गरिएको हो ।
आज मास्क वितरण गर्दै सचेतना फैलाउने काम गरिएको र भोलिदेखि मास्क नलगाई हिँडडुल गर्नेलाई सचेत गराउने राष्ट्रिय युवा संघ कञ्चनरुप नगर कमिटिका अध्यक्ष जैनुदिन मियाँले जानकारी गराउनुभयो । कोरोनाको दोश्रो लहर चलेको बेला दिनानुदिन संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मापदण्ड पालना गर्न र मास्क प्रयोग गर्न सवैमा सचेतनाका लागि अभियान थालिएको उहाँले बताउनुभयो ।

त्यसैगरी कोरोना नियन्त्रणको अभियानमा सबै एक जुटभएर लाग्नु पर्नेमा कञ्चनरुप नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष देवी बहादुर खत्रीले जोड दिनुभयो। सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न समेत आग्रह गर्दे सवैको सहयोगले मात्र कोरोना नियन्त्रण संभव रहेको उहाँले बताउनुभयो ।
अनिवार्य रुपमा माक्स लगाई यात्रा गर्न र अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परे अनिवार्य माक्सको प्रयोय गरी सामाजिक दुरी कायम गर्न सर्वसाधारणलाई आह्वान गरिएको राष्ट्रिय युवा संघ नगर कमिटिका सचिव धर्मेन्द्र थापाले बताउनुभयो ।
१२ नम्बर वडाका वडा सदस्य लिलबहादुर मगर, युवा संघका केवल खत्री , नगर कमिटिका सदस्यहरु , सञ्चाकर्मीहरुको उपस्थितिमा माक्स वितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page