राजनीति

सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लियो

काठमाडौं । सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिएको पत्र संसद् सचिवालयमा आज बुझाएको छ। माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णयअनुसार प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र संसद् सचिवालयमा बुझाएको हो ।
माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हुन् ।
प्रतिनिधिसभा पुनस्र्थापनासँगै लामो समयदेखि प्रधानमन्त्री ओलीको राजीनामा माग गरिरहेको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको थिएन ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page