राजनीति

नेकपा एमाले सप्तरी जिल्लाको संगठन सुदृढीकरण कार्यदल गठन

राजविराज, २४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटी सप्तरीले आज संगठन सुदृढीकरण कार्यदल र कोभिड –१९ नियन्त्रण तथा सहजीकरण कमिटी गठन गरेको छ ।
जिल्ला कमिटी सहित पार्टीका सम्पूर्ण जनवर्गीय संगठनमा आबद्ध नेताकार्यकर्ताहरुलाई कोभिड –१९ नियन्त्रणको सरकारी अभियानलाई सहजीकरण गराउन तथा संगठन सुदृढीकरणका निमित्त जिम्मेवारी दिएका हुन ।
ताराकान्त चौधरीको संयोजकत्वमा सोभितलाल यादव, बोधराज सुबेदी र उचित चौधरीलाई निर्वाचन क्षेत्र नं. १ को कार्यदलमा चयन गरिएको छ । यसैगरी अखिलेश झा, प्रभाकर सिंह र बिनोद यादवलाई क्षेत्र नं. २ मा, निरन्जन चौधरी, अशोक यादव र दुर्गानन्द ठाकुरलाई क्षेत्र नं. ३ मा र देबचन्द्र झा र बिन्दी राम समेत रहेको १५ सदस्यीय संगठन सुदृढिकरण कार्यदल तथा २४ सदस्यीय कोभिड–१९ नियन्त्रण तथा सहजिकरण कमिटी समेत गठन गरी जिम्मेवारी दिने निर्णय गरेको जिल्ला सचीव देवनाथ यादव हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेकपा (एमाले) को प्रदेश नं. २ को सह–इन्चार्ज एवं सप्तरी इन्चार्ज सुमनराज प्याकुरेलको अध्यक्षता तथा प्रदेश अध्यक्ष ज्वाला साहको उपस्थितिमा यहीँ वैशाख २२ गते कञ्चनरुप नगरपालिका स्थित जिल्ला कमिटीको जिम्मेवारी दिएको थियो । सोही बैठकबाट ताराकान्त चौधरीलाई जिल्ला कमिटीको अध्यक्ष ,देवनाथ यादवलाई सचिव र डम्बर प्रसाद महतोलाई कार्यालय सचिवमा चयन गरिएको थियो ।
साथै बिज्ञप्तीमा भनिएको छ जिल्ला कमिटी लगायत पार्टीका सम्पूर्ण मातहतका कमिटी तथा जनवर्गीय संगठनका कमिटी तथा सदस्यलाई आ–आफ्नो जिम्मेवारी बहन गरी कोभिड–१९ नियन्त्रणको सरकारी अभियानलाई सहजिकरण गर्न गराउन हुन अनुरोध गर्दै आम जनसमुदायलाई समेत कोभिड–१९ बाट सुरक्षित रहने हरसम्भव उपाय अपनाउन यसै विज्ञप्तिमार्फत हार्दिक अनुरोध गरिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page