राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिए

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन । उनले प्रदेश प्रमुख सिता पौडेलसमक्ष आइतबार ३ बजे राजीनामा बुझाएका हुन ।
कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । त्यस उपर भोलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियो । यस अगावै गुरुङले राजीनामा दिएको हो ।
मुख्यमन्त्री गुरुङले राजीनामा दिए सँगै प्रदेश प्रमुख सिता पौडेलले संविधानको धारा १६८ को उपधारा २ बमोजिम तीन दिन भित्रमा नयाँ सरकार गठनको लागि आव्हान समेत गरेकी छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page