शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

प्रेस मन्च नेपाल सप्तरीद्वारा पत्रकार शर्माको बुवाको निधन प्रती दुख व्यक्त

बृजमान तामाङ /
बिरेन्द्र बजार, २४ बैशाख ।
प्रेस मन्च नेपाल सप्तरीले पत्रकार आनन्द मोहन (राजु) शर्माको बुवा दिनेश्वर सुतिहारको निधन प्रती दुख व्यक्त गरेको छ ।
प्रेस मन्च नेपाल सप्तरीका अध्यक्ष बृजमान तामाङद्वारा शुक्रबार एक शोक बक्तब्य जारी गर्दै पत्रकार शर्माको पिताको निधन प्रती दुख व्यक्त गरेका हुन ।
अध्यक्ष तामाङले शोक बक्तब्य जारी गर्दै सहकर्मी पत्रकार शर्माको पिताको ५६ वर्षको अल्पआयुमा निधन भएको भन्दै गहिरो शोक व्यक्त गरेका छ्न । प्रेस मन्च नेपाल सप्तरीका कार्यसमिति सदस्य शर्माको पिता स्वर्गीय सुतिहारको अल्पआयुमा भएको निधन खबरले सिंगो संगठनलाई मर्माहत तुल्याएको छ, प्रेस मन्च नेपाल सप्तरीद्वारा जारी बक्तब्यमा भनिएको छ, छोटो उमेरमै अल्पआयुमा भएको सुतिहारको निधन प्रती गहिरो दुख व्यक्त गर्दछौ ।
बक्तब्यमा पत्रकार शर्माको स्वर्गीय पिता सुतिहारको आत्माको चिरशान्तिको कामाना गर्दै श्रद्धाञ्जली समेत व्यक्त गरिएको छ । स्वर्गीय पिताको आत्माको चिरशान्तीको कामाना गर्दछौँ अध्यक्ष तामाङद्वारा जारी बक्तब्यमा भनिएको छ, दुखको यस घडिमा स्वर्गीय सुतिहार प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ साथै शोकाकुल परिवारजनलाई धर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरून् भनी प्रथाना गर्दछौँ ।
स्वर्गीय सुतिहारको बैगुण्ठामा बास होस भन्दै बक्तब्यमा शोक सन्तोप्त परिवारजन प्रती संवेदना समेत व्यक्त गरिएको छ । पत्रकार शर्माको पिता सुतिहारको बैशाख २० गते हृदयघात भई निधन भएको थियो । कामको शिलशिलामा भारत गएका उनको दिल्लीमा हृदयघात भएर निधन भएको पत्रकार शर्माले जानकारी दिए ।
स्वर्गीय सुतिहारको श्रीमति दुई छोरा ,बुवारी र नातानातिनी छ्न् ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page