विराटनगर । प्रदेश १ मा आज थप ५ सय ७८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
१ हजार १७३ जनाको पीसीआर परीक्षण गरिएकोमा २६३ महिला र ३१५ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ ले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३७ हजार २२३ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार २२६ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ४५० पुगेको छ ।
आज धरानमा ४७, सुनसरीमा ११९ सहित प्रदेश १ मा ५७८ सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप भएका संक्रमितहरुमा मोरङमा २११, झापामा १६८, सोलुखुम्बुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ जना छन् ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment