राजनीति

प्रधानमन्त्रीमा कसैको पनि दाबी पेस भएन्

काठमाडौं । नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्रीका लागि दावी पेश गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गर्नुभएकोमा समयावधिभित्र कसैको पनि दावी पेश हुन नआएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधिसभाको सदस्यलाइ प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको भए पनि राति ९ बजेसम्म पनि कसैको दाबी प्राप्त नभएको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page