कञ्चनरुप । नेपाल राष्ट्रिय वाणिज्य व्यवसाय महासंघ जिल्ला कार्य समिति र नगर कार्य समिति कञ्चनरुप नगरपालिका सप्तरीको आयोजनामा आज मंगलबार कञ्चनपुर बजार र बेरियरमा हेल्प डेक्स स्थापना गर्नुका साथै जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
तपाईको मास्क खोई भन्दै मास्क समेत वितरण गरिएको नगर संयोजक इन्द्र देव सिंहले बताउनुभयो । अनिवार्य रुपमा मास्को प्रयोग गरौं, सामाजिक दुरी कायम गरौं, साबुन पानीले हात धुऔं, अनावश्यक रुपमा भिडभाडमा नजाने र नगर्ने जस्ता नारा लेखिएको व्यानर सहित कञ्चनपुर बेरियरबाट मास्क वितरण र सेनिटाइज गर्दै कञ्चनपुर बजार, नगरपालिका कार्यालय हुदै नेपाल विद्युत प्राधिकरण कञ्चनपुर शाखा हुँदै बेरियरमा गएर सम्पन्न भएको जिल्ला अध्यक्ष सञ्जय पासवानले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/184773375_156513769754083_2507663795612034174_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/184773375_156513769754083_2507663795612034174_n.jpg)
नेपाल विद्युत प्राधिकरणमा धेरै भिडभाड रहेकोले सामाजिक दुरी कायम गरी स्वास्थ्यको मापदण्ड अपनाउन समेत भनेको जिल्ला सदस्य एवं क्षेत्रिय संयोजक केवल खत्रीले बताउनुभयो ।
आफू पनि बचौं अरुलाई पनि बचाऔं भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला अध्यक्ष पासवानले बताउनुभयो । कञ्चनपुर र बेरियरमा साबुन पानीले हात धुने व्यवस्था समेत मिलाइएको जनाइएको छ ।
सो अभियानमा महासंघका जिल्ला समिति र नगर समितिका पदाधिकारीहरु, नेकपा एमालेका जिल्ला कमिटि सदस्य लक्ष्मी मण्डल, प्रेस चौतारी नेपालका उत्तम आचार्य लगायतका व्यकितत्वहरुको सहभागीता रहेको थियो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/184361437_853603772217937_5331766962611960579_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/184361437_853603772217937_5331766962611960579_n-1024x473.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/183482828_1106471526529526_4337005189771470942_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/05/183482828_1106471526529526_4337005189771470942_n.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment