समाज

सप्तरीको कञ्चनरुपका दुई महिलासहित चार जना कोरोना संक्रमितको मृत्यु

कञ्चनरुप, ३० वैशाख । सप्तरीको कञ्चनरुपका दुई महिला सहित तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । नोबेल हस्पीटल बिराटनगरमा उपचाररत कञ्चनरुप नगरपालिका –८ का ६५ वर्षीय पुरुष र वडा नम्बर –७ का ५५ वर्षीय पुरुष गरि दुई जनाको आज मृत्यु भएको कञ्चनरुप नगरपालिकाका सिआइसिटि टिमका संयोजक विकास गुप्ताले जानकारी दिनुभयो ।
त्यसैगरी कञ्चनरुप –११ की ६५ वर्षीया महिलाको होम आईसोलेसमा मृत्यु भएको छ । उनलाई स्वास्थ्यमा समस्या आएपछि थप उपचारको लागि बिराटनगर अस्पताल र राजबिराजको अस्पतालले भर्ना नलिदा संक्रमितलाई पुन आफ्नो घरमै ल्याएपछि आजै मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।
त्यस्तै कञ्चनरुप १२ की ३७ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको काठमाडौंमा उपचाररत अवस्थामा आज मृत्यु भएको हो ।
कञ्चनरुपमा मंगलबार थप एक ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यो सँगै कञ्चनरुपमा दोस्रो लहरको कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भइसकेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page