स्वास्थ्य

थप १४५ जनाको मृत्यु, ७,३६८ जनामा संक्रमण, ६ हजार ६४८ जना संक्रमण मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना भाईरस पुष्टि भएको छ ।
१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा र ३४४ एन्टिजेन परीक्षणमा थप ७ हजार ३ सय ६८ जनालाई संक्रमण भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमण मुक्त भएर ६ हजार ६४८ जना घर फर्किएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुनेको संख्या पाँच हजार एक पुगेको छ।
मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् ।
जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page