समाज

कोरोना संक्रमणका कारण पत्रकार चौधरीको निधन

काठमाडौं । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका सदस्य हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा आज असामयिक निधन भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि १० दिनदेखि रुपन्देहीको बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा उपचाररत चौधरीको स्वास्थ्यमा थप समस्या आएपछि दुई दिनदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा निधन भएको हो ।
तिलोत्तमा–५ मणिग्राम निवासी पत्रकार चौधरीले रेडियो लुम्बिनीमा डेढदशक काम गर्नुभएको थियो ।
स्वर्गीय चौधरीका श्रीमती, चार छोरी र दुई छोरा छन् ।
कोरोनाकै कारण हालसम्म १५ जना पत्रकारको निधन भएको छ भने ८ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page