समाज

कोरोना संक्रमणबाट तत्कालिन बक्धुवा गाविस अध्यक्ष मोतिलाल चौधरीको निधन

बृजमान तामाङ /
बिरेन्द्र बजार, ५ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ५ साविक बकधुवा गाबिसका अध्यक्ष मोतिलाल चौधरीको निधन भएको छ । हृदय रोगी चौधरीको ६७ वर्षको उमेरमा उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
बिगत लामो समय देखि हृदय रोगबाट पिडित चौधरीलाई असहज भएपछि सोमबार साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय संतोष लेखीले जानकारी दिनुभयो । अध्यक्ष चौधरी मुटु रोगी हुनुहुन्थ्यो लेखिले भन्नुभयो, स्वास्थ्यमा असहजता देखिएका उहाँलाई गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजबिराजमा तुरुन्तै लग्यौ तर उपचार गर्दा गर्दै मंगलबार साँझ उहाँको निधन भयो ।
हृदय रोगी अध्यक्ष चौधरीको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ । उहाँको शवलाई गाउँ देखि उत्तर चुरे वनक्षेत्रमा अवस्थित कैलि खोलामा ब्यबस्थापन गरिएको स्थानीयले जनाएका छन् ।
अध्यक्ष चौधरी साविक बक्धुवा गाविसमा नेकपा एमालेबाट २०४८ साल र २०५४ सालको स्थानिय निर्वाचनमा गरी दुई कार्याकाल अध्यक्षमा निर्वाचित भई कुशलतापुर्वक कार्यभार समाल्नु भएको थियो । नयाँ संरचना शुरु हुनु भन्दा पहिले उहाँ बकधुवाका निवर्तमान अध्यक्ष हुनुहुन्थ्यो । बकधुवा गाविसका पहिलो बामपंथी नेता चौधरी सामाजिक क्षेत्रमामा समेत क्रियाशिल रहदै आउनुभएको थियो ।
त्यागी र सालिन स्वभावका नेता चौधरीलाई नेकपा एमालेले टिकट नदिएपछि पहिलो स्थानीय तहकाका चुनावमा अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बन्नुभएको थियो । उहाँले अध्यक्षमा सम्मानजनक मत हासिल गर्नुभएको थियो । चौधरीको श्रीमति, एक छोरा र तीन छोरी छिन् ।
सप्तरीमा कोरोना संक्रमणबाट सप्तकोशी नगरपालिकाका उपप्रमुख आशा कुमारी चौधरी सहित मंगलबार ७ जनाले ज्यान गुमाएका छन् भने जिल्लामा बुधबार सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ जना पुगेका छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page