समाज

सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भए सँगै मृतकको संख्या ८१ पुग्यो

सप्तरी । सप्तरीमा आज कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भए सँगै जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
आाज जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका ३ का ५५ वर्षीय पुरुषको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको छ ।
गत शनिवार कोरोना संक्रमण पुष्टि भएपछि उपचारको लागि अस्पतालमा भर्ना गरिएको र उनको आज उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page