राजनीति

प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेर कार्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि चुनाव घोषणा गरेकी हुन् ।
मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दै नयाँ निर्वाचनको मिति सिफारिस गरेको थियो।
यस अघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री बन्न बहुमत पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली दुवैको दाबी खारेज गरेकी थिइन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page