समाचार

सप्तरीको कञ्चनरुप नगरपालिकामा पून एक हप्ता निषेधाज्ञा थप, बजार सिल यथावत

उत्सव आचार्य /
कञ्चनरुप (सप्तरी) जेष्ठ १३ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले आज बिहीबार एक सूचना जारी गरी नगर क्षेत्र भित्र पून एक हप्ता निषेधाज्ञा बढाएको छ ।
कोभिड १९ कोरोना भाईरसको दोश्रो भेरियन्टको संक्रमणबाट सप्तरी जिल्ला भरीको नगरपालिका मध्ये कञ्चनरुप नगरपालिका सबैभन्दा बढी संक्रमित भई मृत्यु हुने संख्या समेत बढीसकेकोले रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकाले पून एक हप्ता निषेधाज्ञा बढाएको नगर प्रमुख बसन्त कुमार मिश्रले जानकारी दिनुभयो ।
यस नगरपालिकाको सर्वपक्षीय भेलाको निर्णय अनुसार जेठ १४ गते शुक्रबारदेखि १९ गते बुधबार सम्म नगरक्षेत्र भित्रका नगरपालिका, वडा कार्यालयबाट सेवा प्रदान हुने, स्वास्थ्य सेवाको अति आवश्यक सेवा वाहेक सम्पूर्ण सेवा वन्द रहने साथै यस नगर क्षेत्र भित्रका मालपोत कार्यालय, नापी कार्यालय, विद्युत प्राधिकरण, बैंक तथा वित्तिय संघ संस्थाहरु समेत बन्द राखी हाट वजार, पसल, गुद्री अन्य व्यवसायहरु समेत बन्द गरी मानिसहरुको आवत जावत समेतमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।
संक्रमित व्यक्तिहरु निजका परिवारका अन्य सदस्यहरु समेत स्वास्थ्यका मापदण्डका उपायहरु अवलम्वन गरी आफ्नो घरदरवाजा शिल राखी कोभिड १९ कोरोना भाईरस संक्रमणलाई रोकथाम गर्न सहयोग समेत नगरपालिकाले आग्रह गरेको छ ।
साथै कञ्चनरुप नगरपालिका क्षेत्रलाई वैशाख ३१ गतेको प्रकाशित सूचना बमोजिम शिल गरिएकोमा यथावत रहेको जनाएको छ ।

   

You cannot copy content of this page