अर्थतन्त्र

ज्येष्ठ नागरिकको भत्ता बृद्धि भएर मासिक ४ हजार पुग्यो

काठमाडौं । सरकारले ज्येष्ठ नागरिकको भत्ता मासिक ४ हजार रुपैयाँ पुर्‍याएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार रुपैयाँ पुर्‍याएको र सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको जानकारी दिनुभयो । सामाजिक सुरक्षाका लागि १ खर्ब रुपैयाँ विनियोजन गरेको उहाँले बताउनुभयो ।
बढेको भत्ता साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो । त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page