कोशी प्रदेश समाज

पानी जमेको खाल्डोमा डुबेर ८ वर्षीया बालिकाको मृत्यु

मोरङ, जेष्ठ १६ गते । मोरङको सुनवर्षीमा पानीको खाल्डोमा डुबी बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनवर्षी नगरपालिका ४ स्थित जागीटोलका बल बहादुर ताजपुरीयाको ८ वर्षीया छोरी सन्तोषी ताजपुरिया रहेकी छन् ।
उनको शनिबार बेलुका सँवा ६ बजे घर पछाडीको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।
पानीको खाल्डोमा डुबेको निजकै आमाले देखी तत्काल पानीबाट निकालेर घरमा ल्याउने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page