राजनीति

सप्तरीको अग्नीसाईर कृष्णासवरन गापामा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

बृजमान तामाङ /
बिरेन्द्र बजार, १८ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा मंगलबार राष्ट्रपति बिध्यादेबी भण्डारी र प्रधानमन्त्री केपि ओलिको पुतला दहन गरेको छ ।
प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै विपक्षी गठबन्धनका नेताकार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेका हुन ।
जसपाका गाउँपालिका अध्यक्ष रामदेव यादव र नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य एवं गाउँपालिका अध्यक्ष बेचेन प्रसाद चौधरी नेतृत्वको विपक्षी गठबन्धनका नेताकार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्री विरुद्ध चर्कानाराबाजी गर्दै पुतला दहन गरे । गाउँपालिकाको कार्यालय अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गदै नेताहरूले साँसद पुनर्स्थापना नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

प्रधानमन्त्री ओलिको सिफारिसमा राष्ट्रपति भण्डारीले गत जेठ ७ गते मध्यरातमा साँसद विघटन गरेपछि प्रतिगामी कदमको बिरोध गर्दै विपक्षी गठबन्धनले कानुनी र सडक आन्दोलन गर्दै आएको छ । गठबन्धनले पुर्वनिर्धारित कार्यक्रम अन्तरगत देशब्यापी सबै स्थानीय तहमा एक साथ राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको जनता समाजवादी पार्टी नेपाल अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका सचिव मिलन चौधरीले जानकारी दिए । कार्यक्रम अन्तरगत बुधबार सबै स्थानीय तहहरुमा मसाल जुलुस प्रदर्शन गरिने उनले जानकारी दिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page