समाचार

१० बिपन्न परिवारलाई समाजसेवी करुणा झाद्वारा राहत वितरण

राजविराज , १९ जेठ । समाजसेवी करुणा झाको सहयोगमा आज राजविराज नगरपालिका वडा नं. ७ स्थित १० बिपन्न परिवारलाई राहत बितरण गरिएको छ ।
दहेज मुक्त मिथिला नेपालकी अध्यक्ष समाजसेवी करुणा झाको सहयोग तथा राष्ट्रिय एकता अभियानकी अभियान्ता सुनिता साहको समन्वयमा आज राहत बितरण गरिएको संचारकर्मी नवीन यादवले बताउनुभयो ।
समाजसेवी झाको निवासमा राजविराज वडा नं. ६ र ७ का बिपन्न १० परिवारलाई चामल १० केजि,चिनी १ केजि,नुन १ केजी ,तेल १केजी र साबुन १ वटा बितरण गरिएको छ ।
राहत बितरण कार्यक्रममा अभियन्ता साह,समाजसेवी झा,रमिला साह र संचारकर्मी नवीन कुमार यादवको उपस्थितिमा समाजिक दुरि कायम गरि बितरण गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page