राजनीति

प्रतिनिधि सभा पुनर्स्थापनाको माग गदै जसपाद्वारा मसाल जुलुस प्रदर्शन

बृजमान तामाङ/ बिरेन्द्र बजार, १९ जेठ । जनता समाजवादी पार्टी नेपालद्वारा प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सप्तरी सदरमुकाम राजबिराज सहित विभिन्न स्थानीय तहमा मसल जुलुस प्रदर्शन गरेको छ ।
पार्टीद्वारा पुर्वघोषित बिरोध कार्यक्रम अन्तरगत बुधबार सदरमुकाम राजबिराज सहित अधिकांश स्थानीय तहहरुमा मसल जुलुस प्रदर्शन गरेका हुन ।
प्रतिनिधि सभा पुनर्स्थापना गर, प्रतिगामी प्रधानमन्त्री र राष्ट्रपति मुर्दाबाद, जसपा नेपाल जिन्दबाद लगायतका नारा लगाउदै जसपाका नेताकार्यकर्ताले प्रतिनिधि सभा विघटन विरुद्ध मसल जुलुस प्रदर्शन गरे ।
प्रधानमन्त्री केपि शर्मा ओलिको सिफारिसमा राष्ट्रपति बिध्यादेबी भण्डारीले गत जेठ ७ गते दोस्रो पटक सांसद विघटन गरेकोले सरकारको असंवैधानिक कदम विरुद्ध संघर्षमा उत्रनुपरेको जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।
कोरोना माहामारीबाट आक्रन्त भएको मुलुकमा जनताको जीवन रक्षा गर्नुको साटो सरकारले गैरसंवैधानिक रुपले देशलाई दन्द्वमा ढकेलेको यादवले आरोप लगाए । प्रतिनिधि सभा पुनर्स्थापना नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।
ओलि सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते पहिलो पटक र गत जेठ ७ गते दोश्रो पटकपटक प्रतिनिधि सभा विघटन गरेका छ्न । प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली कंग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एमाले झलनाथ- माधव पक्ष, जसपा र राष्ट्रिय जनमोर्चा गरि ५ दलिय विपक्षी गठबन्धनले कानुनी तथा सडक संघर्ष जारी राखेका छ्न ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page