कोशी प्रदेश समाज

ईलाममा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु

ईलाम, जेठ २९ गते । ईलाममा करेन्ट लागेर ५० वर्षीय पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईलाम नगरपालिका ७ ताराकुटीडाँडा फूलगाछीका ५० वर्षीय बीर बहादुर लिम्बु रहेका छन् ।
लाईन बनाउन भर्‍याङ लगाई बिजुलीको पोलमा चढ्दा शुक्रबार दिउसो साढे २ बजे करेन्ट लागेर घाईते भएका लिम्बुको जिल्ला अस्पताल ईलाममा उपचारको क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको हो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ईलामबाट प्रहरी टोली खटि थप अनुसन्धान भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page