राजनीति

विकास निर्माणमा कुनैपनि दलले राजनीतिक गर्नुपर्ने आवश्यकता छैनः नेता प्याकुरेल

अब दश बर्षसम्म देश केपी ओलीकै पक्षमा

डम्बर राई /
कञ्चनरुप (सप्तरी) ,असार ३ गते ।
राष्ट्रिय सभा सदस्य एवं राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलले सबै राजनीतिक दलका नेताहरुले यो प्रदेशमा माथापुची गरेर सप्तरीको विकासमा यसले ल्याएको , उसले ल्याएको भनेर यसको हानाथाप गरीरहने अबस्था होइन भन्नुभयो ।
यहाँको प्रतिफललाई भोटमा कन्भर्ट गर्ने खालका कुरामा आफु सहमति नभएको बताउँदै नेता प्याकुरेलले भन्नुभयो, सप्तरीको जनताको प्राप्त भोट जुनसुकै पार्टी होस् त्यसको सबै काम सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओलीबाटै भएको छ । यसको एउटा टीम बनेको छ र यसको सबै केपी ओली समक्ष नै गएको छ र यसको कागजात तयार गर्ने मात्र नभई व्यवहारमा लागु गर्ने काम भएको छ नेता प्याकुरेलले विहिबार नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा प्रेस चौतारी नेपाल सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा बताउनु भएको हो ।

उहाँले सप्तरीको विकासले किन गतिलिन सकेन भन्नेबारेमा संक्षिप्त उदाहरण पस्कदै भन्नुभयो, तराईमा आफुलाई मषिहा मान्नेहरुकै कारण यहाँका विकास अवरुद्घ भएको हो । विकास निर्माणमा कुनै पनि राजनीतिक गर्नुपर्ने आवश्यकता छैन, विकासका काममा दलगत, गुटगत जस्ता चंगुललाई व्यवहारमा ल्याउन खोजिन्छ भने त्यसको नतिजा नराम्रो आउँछ यहि भएको हो सप्तरीमा ।
आफुले सप्तरीको विकासमा ठुलो कसरत गर्दै आएको नेता प्याकुरेलले दावी गर्नुभएको छ । उहाँले सप्तरीको राजविराजमा रामराजा प्रसाद सिंह मेडिकल कलेजको डिपिआर हुदैगरेको र यसको निर्माण कार्य संचालन हुन धेरै समय नलाग्ने साथै कञ्चनरुप नगरपालिकामा मदन भण्डारी खेलग्रामको कार्य एक महिनापछि निरन्तरता आउने जानकारी दिनुभयो ।
विश्व महामारी कोभिडको कारण केहि बजेट रकम कटौती भएको सञ्चारकर्मीहरुको प्रश्नलाई स्विकार गर्दै उहाँले भन्नुभयो, खाँडो नदी लगायतका नदी नियन्त्रणमा म सक्दो प्रयास गर्छु के कति हुन्छ काम गराउँने छु । सरकार र राजनीतिक नेतामा भिन्नता हुने भएकोले सरकारले विनियोजन गरेको बजेट तथा कार्य तत्कालै थाहा नहुने भएकोले कहाँ कहाँ छुटेकाछन् हुनेसम्म आफुले कोशीस गर्ने नेता प्याकुरेलले आश्वासन दिनुभयो ।

राजविराजको औधोगिक क्षेत्रको विकासमा किन पूर्णविराम भयो भन्ने संचाकर्मीहरुको प्रश्नमा नेता प्याकुरेलले भन्नुभयो, यहाँ दादागिरी चलखेल मुलभुत रुपमा लिइन्छ, यहाँ त्यसै भोगचलन गर्ने, जग्गा अतिक्रमण गर्ने जस्ता अनैतिक व्यवहारले गर्दा उधोग स्थापना गर्न कठिन छ । तर अब यहाँ शिप विकास तथा टे«निङ्ग सेन्टर खोल्ने सम्भावना बन्दैगएको छ ।
नेता प्याकुरेलले सप्तकोशी, खडक नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा छुट्टाछुट्टै साथै कञ्चनरुप र राजविराज नगरपालिकालाई संयुक्त पाँच करोड माथीका कार्यक्रम दिईएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । आफुले चालेको कदममा सहयोग गर्नुहुने शिवा तुम्वाहाम्फे, डा.द्वय रोहत, रञ्जित झा, प्रमुख जिल्ला अधिकारी लगायतलाई नेता प्याकुरेलले धन्यवाद दिनुभएको छ ।
प्रेस चौतारी नेपाल सप्तरी शाखाका सचिवालयका सदस्य उत्तम प्रसाद आचार्यको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीका उपाध्यक्ष बैधनाथ यादवले नेता प्याकुरेलले सप्तरीको विकासमा आफ्नो अहोरात्र भुमिका खेलेको दावी गर्नुभयो ।

यस्तै सम्मेलनमा पत्रकार सेनानी बैधनाथ झा, प्रेस चौतारी नेपालका उपाध्यक्ष मनोहर पोखरेल, शाखाका पूर्व अध्यक्ष धीरेन्द्र प्रसाद साह, शाखाका बर्तमान सचिव, कोषाध्यक्ष, राम नारायण विश्वास, नविन गुप्ता, सदस्यहरु, विभिन्न मेडिया हाउसमा कार्यरत संचारकर्मी, एमाले जिल्ला कमिटी सचिव देवनाथ यादव लगायत राजनैतिक दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सो समारोहमा दिगवा गाविसका पूर्व अध्यक्ष भुपेन्द्र यादवलाई माननिय नेता प्याकुरेलले दोसल्ला ओढाई पार्टी प्रवेश गराउनुभएको छ । यादवले माओवादी पार्टी परित्याग गरेर एमालेमा आएको हो । नेता तथा नेपाल पत्रकार महासंघ सप्तरी शाखाका केन्द्रिय पार्षद सुखराम यादवद्वारा कार्यक्रम संचालन गरिएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page