राजनीति

नेकपा एमाले बिष्णुपुर गाउँपालिका अध्यक्षमा दिनेश

बृजमान तामाङ /
बिरेन्द्र बजार, ५ असार ।
नेकपा एमालेको बिष्णुपुर गाउँपालिकाको अध्यक्षमा दिनेश प्रसाद यादव चयन भएका छ्न ।
नेकपा एमाले बिष्णुपुर गाउँपालिकाका अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता तथा राष्ट्रिय परिषद सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक भेलाले यादवको नेतृत्वमा २१ सदस्य गाउँपालिका स्तरीय समिती गठन गरेको हो ।
भेलामा एमाले जिल्ला सचिव देवनाथ यादव, राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरू सुखराम यादव, जयप्रकाश ठाकुर लगायतका नेताहरूको उपस्थिति रहेको थियो । यसैगरी जिल्ला समिती सदस्य मिठु माझी, डम्बर महतो, राजराम यादव, पन्चदेव खङ्ग, अरबिन्द झा, शुरेश सिंह, हरिशंकर ईसर युवा नेता चित्तरंजन यादव, हरि यादव, जितु राम, श्याम यादव, गुलाव यादव, लालु यादव, कामदेव यादवको समेत उपस्तिथि रहेका थिए ।
सोही भेलामा नेपाली काँग्रेस, माओवादी केन्द्र , जसपा लगायतका विभिन्न पार्टी परित्याग गरि सयौको संख्यामा एमाले प्रबेश गरेका छ्न् ।
नव प्रबेशीहरुलाई राष्ट्रिय परिषद सदस्य तथा एमाले प्रदेश नम्बर २ का सचिब सुमन राज प्याकुरेलले फुलमाला लगाएर पार्टी प्रबेश गराएको नेकपा एमाले सप्तरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page