शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

माओबादी केन्द्र सप्तरीद्वारा सहिदहरुको स्मृतिमा रक्तदान

बृजमान तामाङ /
बिरेन्द्र बजार, ५ असार ।
नेकपा माओवादी केन्द्र सप्तरीले सहिदहरुको स्मृतिमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।
जनयुद्धका सहिदहरुको स्मृतिमा माओवादी केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल स्थिति रक्तसञ्चार केन्द्रमा नेकपा माओवादी केन्द्र सप्तरीका अध्यक्ष एवम् पूर्व सिंचाई मन्त्री उमेश कुमार यादव सहित २५ जनाले रक्तदान गरे ।
रक्तदान गर्नेहरुमा पूर्व मन्त्री यादव, संजय दास, मोहन कुमार यादव,रंजित कुमार साह श्यामकिशोर मण्डल, बलराम यादव, अम्बिका दाहाल, मो.डोमन, मिरादेबी देव,सत्य नारायण साह, ठकनी देवि यादव, नवीन प्रसाद चौधरी,गोबिन्द स्वर्णकार, सन्जु यादव, राजेश कुमार राज, राजन कुमार साह लगायतले गरेका थिए ।

माओवादी जनयुद्धमा सहिदहरु भएका नेता दशरथ ठाकुर, गोबिन्द चौधरी, रमेश राम, ईन्द्रदेव बिश्वास, कमलेस यादव, बिजय झाको स्मृतिमा रक्तदान कार्यक्रम आयोजना गरेको माओवादी केन्द सप्तरीले जनाएको छ ।
माओवादी केन्द्र सप्तरीले शुक्रबार डाक्नेश्वरी नगरपालिका १० स्थिति रहेको सहिद रमेश रामको शालिकमा फुलमाला लगाएको छ । माओवादी केन्द्र सप्तरीका अध्यक्ष एबम पुर्व सिचाई मन्त्री उमेश यादव, प्रदेश सभा सदस्य रुबि कर्ण, करमलाल यादव सहितका माओवादी नेताहरूद्वारा सहिद रामको शालिकमा फुलमाला लगाएका थिए ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page