शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

सप्तरीमा आजबाट मालपोत तथा नापी कार्यालय सञ्चालन

कञ्चनरुप (सप्तरी) , ६ असार । सप्तरीमा आजबाट मालपोत तथा नापी कार्यालय सञ्चालनमा आएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको कारण वैशाखको दोस्रो सातादेखि पूर्ण रुपमा कार्यालयहरु बन्द रहेकोमा आजदेखि सञ्चालनमा आएको हो ।
जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सप्तरीमा कोरोना भाइरस कोभिड–१९ को संक्रमण दर घट्दो अवस्थामा रहेको भन्दै भीडभाड नहुने गरी कार्यालय सञ्चालनमा ल्याएको छ ।
जिल्लामा कोरोनाको संक्रमण दर घट्दो क्रममा रहेको तथा लामो समयदेखि जारी निषेधाज्ञाको प्रत्यक्ष असर व्यापार व्यवसायीमा परेको कुरालाई दृष्टिगत गरी उद्योग वाणिज्य संघ सप्तरीको अनुरोधमा व्यापार व्यवसायलाई चलायमान बनाउन भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी कार्यालय सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ ।
बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जग्गा रोक्का, फुकुवा तथा दृष्टिबन्धक लगायतका कार्यहरु मालपोत कार्यालय र नापी कार्यालयहरुबाट असार ६ गतेदेखि सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारी लागि सूचना जारी गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page