समाचार

कञ्चनरुपमा मनसून पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि कार्यशाला बैठक सम्पन्न

कञ्चनरुप (सप्तरी) । सप्तरीको कञ्चनरुप नगरपालिकाको आयोजनामा तथा कोशी पिडित समाज सप्तरीको समन्वय र सहकार्यमा सोमबार नगरपालिकाको सभाहलमा मनसून पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धि कार्यशाला बैठक सम्पन्न भएको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नगरपालिकाको श्रोत र साधनले भ्याएसम्म विपदको तयारीका लागि काम गरिरहेको बताउनु भयो ।

नगर उपप्रमुख निरु पोखरेलले महुली, सुन्दरी, बन्द्राहा, पौडाहा, अमहा, नुनिया लगायतका नदीमा वर्षादको समयमा आउने बाढीले पुर्‍याउने क्षतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भनेर बैठकको आयोजना गरिएको बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, वडा नम्बर १ देखि १२ का वडा अध्यक्षहरु, विपद व्यवस्थापन समितिका पदाधिकारीहरुले विपद व्यवस्थापनको जोखिमलाई न्यूनिकरण गर्न सुक्ष्म तरिकाले अध्ययन गरी कार्य योजना बनाई मनसून पूर्व तयारीमा लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।
बैठकबाट मनसून तयारी तथा योजना २०७८ पूर्णरुपमा तयार गरी लागु गर्ने, विपद व्यवस्थापनका लागि व्यवस्थीत गर्नका लागि, स्थानिय आपतकालिन कार्य सञ्चालन गर्ने, बाढी विपद पूर्व तयारी सम्बन्धि संकटासम्म समुदायहरुमा आधारित पूर्व विपद पूर्व सूचना प्रणाली र समुदायको भूमिका सम्बन्धमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा रेडियो एफ.एम. बाट पूर्वअनुमानका सूचनाहरु प्रशारण गर्ने, आपतकालिन खोज तथा उद्धारका लागि अति आवश्यक उपकरणहरु खरिद गर्ने, हालको मौसम तथा जलवायू पूर्वानुमान अनुसार यस पालिकामा संकाटासन्न अवस्थामा परेका व्यक्तिका लागि ७ दिन सम्म पुग्ने खाद्यान्नको व्यवस्था मिलाउने, नगर, वडा, समुदायस्तरमा रहेका विपद प्रतिकार्य टोलीहरुलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने जस्ता निर्णय गरेको नगरपालिकाका प्रशासन शाखाका राजेश कुमार यादवले बताउनुभयो ।

विपद व्यवस्थापन समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, सम्बन्धित शाखाका प्रमुखहरु, इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपि नरेश कुमार सिंह सहभागि बैठकमा कोशी पिडित समाजका कार्यक्रम संयोजक सखन चौधरी, कार्यक्रम अधिकृत सुकदेव चौधरी, समुदाय सहजकर्ता रेणुका चौधरी, फेलोसिप सरिता तामाङले सहजीकरण गर्नुभएको थियो भने नगर प्रमुख बसन्त कुमार मिश्रको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page