शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

सप्तरीमा जारी रहेको निषेधाज्ञा केहि खुकुलो पारियो,निजी सवारी जोर–विजोर प्रणालीबाट सञ्चालन

कञ्चनरुप (सप्तरी) , ७ असार । सप्तरीमा जारी रहेको निषेधाज्ञालाई केहि खुकुलो पारिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज सोमबार बसेको बैठकले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न सप्तरीमा जारी रहेको निषेधाज्ञालाई संक्रमण दर घटदो अवस्थामा रहेकाले केहि खुकुलो पारिएको हो ।
भोली मंगलवार विहान १० बजेदेखि साँझ ७ बजेसम्म खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका पसलहरु खुला रहने जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
खाद्यान्न, स्टेशनरी तथा निर्माण सामग्री लगायतका (होटेल, सैलुन, ब्यूटी पार्लर, जिम क्लव, सिनेमा हल तथा मानिसहरुको भीडभाड भई गरिने क्रियाकलापबाहेक) का पसलहरु खुलाउने निर्णय गरिएको छ ।
यसैगरी बस, माइक्रो, भ्यान, अटो लगायत भाडामा सञ्चालन हुने सवारी साधन बाहेक निजी सवारी जोर–विजोर प्रणालीबाट सञ्चालन हुनेछ ।
नागरिकहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने कार्यालयहरुले भीडभाड नहुने गरी स्वास्थ्य मापदण्ड पालना गर्दै के–कसरी कार्यालय सूचना गर्न सकिन्छ भन्ने विषयमा कार्यतालिका बनाएर सञ्चालन गर्ने सूचनामा उल्लेख गरिएको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page