कञ्चनरुप (सप्तरी) ,९ असार । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको साविक अर्नाहा गाविस वडा नं ९ हाल शम्भुनाथ नगरपालिका वडा नम्वर १२ का मो. युसुफ रहेका छन ।
२०७७ चैत्र १९ मा उच्च अदालत जनकपुर संयुक्त वाणिज्य ईजलास जनकपुरले युसुफलाई १० दिन कैद र ७ लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र अदालतको डोर टोली समेतले संयुक्त रुपमा खटी खोजतलासको क्रममा निजलाई निजकै वतनमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीका लागी सम्मानित अदालतमा बुधबार पेस गरिएको छ ।
उनलाई कैद र जरिवाना भुक्तानको लागी कारागार कार्यालय राजबिराज सप्तरी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानाएको छ ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment