कोशी प्रदेश समाज

मोरङको रंगेलीमा चट्याङ लागि १ को मृत्यु, ४ जना घाइते

विराटनगर । मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथानमा पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।
चट्याङ लागेर मृत्यु हुनेमा सोही ठाउँका २० वर्षीय नितेस राय रहेका छन् । घाइते भएका नितेशको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी चट्याङ लागेर सोही ठाउँका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय बिजय मण्डल, २२ वर्षीया संगिता राय, र २७ वर्षीय रबिन मण्डल घाईते भएका छन् ।
घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page