खगेन्द्र कार्की /
फत्तेपुर (सप्तरी), १० असार । सप्तरीको सप्तकोसी नगरपालिकाले सातौं नगर सभाको आयोजना गरि आ.ब. २०७८/०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बिहिबार सप्तकोसी २ स्थित रहेको गो.बै.ज.मा.बि. को हलमा सम्पन्न नगर सभामा नगर प्रमुख उत्तम कुमार शर्माले आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो।
आगामी नीति तथा कार्यक्रममा दिगो बिकासका लक्ष्यहरु प्राप्त गर्ने कार्यक्रमहरु गरिबी न्युनिकरण तथा रोजगारी प्रबर्द्धन ,स्वास्थ तथा पोषण ,बिपद,जलबायु जोखिम,न्युनिकरणलाई प्राथमिकता दिएको छ। त्यस्तै समतामुलक गुणस्तरीय शिक्षाको सुनिश्चितता एव जीवन पर्यन्त सिकाइको अबसर लाई प्राथमिकता दिएको छ।
स्थानीय पुर्वाधार विकासक कार्यक्रम सहजताका साथ अघि बढाउदै शिक्षा ,स्वास्थ ,स्वच्छ पिउने पानीको उप्लब्धलाई सहज बनाइने छ। शिक्षामा सबै बिधालय मा इन्टरनेट को सेवा बिस्तार गरिने जनाइएको छ । ब्यबसायिक तथा आधुनिक कृषि तथा पशु क्षेत्रको बिकास मा चक्ला बन्दी खेती प्रणाली लाई प्रोत्साहन तथा प्रबर्द्धन गरि “एक गाउँ एक उत्पादन” कार्यक्रम अघि बढाउन विशेष पहल गरिने नीति तथा कार्यक्रममा नगर प्रमुख शर्माले बताउनुभयो ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/199231029_286413229887567_4400369502789746495_n-1024x768.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/199231029_286413229887567_4400369502789746495_n-1024x768.png)
आगामी बर्षमा स्वास्थय केन्द्रहरुको बिस्तार ,स्तर वृद्धि ,दक्ष जनशक्तिको आपूर्ति गरि स्वास्थ्यमा सबैको सहज पहुचलाई समन्वयात्मक रुपमा कार्यक्रम सन्चालन गरिने जनाइएको छ।
नीति तथा कार्यक्रममा वन क्षेत्रको दिगो बिकास तथा सरक्षणमा निजि क्षेत्रलाई आकर्षक गरि वन जन्य उधमको प्रवर्द्धन गरिने र हरित रोजगारिको सिर्जना गरिने पनि जनाइएको छ । नगरको भौगोलिक अबस्थितिलाई ध्यान दिदै बर्सेनि हुने बाढी डुवान लाई तटबन्ध निर्माण गरि नदि नियन्त्रणमा जोड दिने जनाइएको छ । नगर भित्रका पर्यटकिय स्थल हरुको प्रचार प्रसार गरि बर्षको एक पल्ट महत्सबको रुपमा बिस्तार गरिने ,कमल दह पर्यटकिय क्षेत्र पुर्वाधार निर्माण र बिकास कार्यक्रम सन्चालन गरिने नीति तथा कार्यक्रम मा बताइएको छ ।
आगामी बर्ष बालमैत्री सुशासन तथा बालश्रम मुक्त नगरपालिका घोषणा गरिने छ । आदिवासी जनजातिको उत्थान ,भाषा,लिपि,सस्कृतिको जगेर्ना र बिकास गर्न कार्यक्रम तर्जुमा गरि सन्चालन गरिने जनाइएको छ । सिपमुलक तालिम प्रदान गरि युवा स्वरोजगार मुलक कार्यक्रमलाई प्राथमिकता दिइने पनि नीति तथा कार्यक्रममा बताइएको छ।
जनतालाइ सुचनाको सुसुचित हुने अधिकारलाई प्रबर्धन गर्दै सुचना शिक्षा ,पत्रकारिता तथा सन्चारको बिकासमा टेवा पुर्याउने कार्यक्रमलाई प्राथमिकता दिने जनाइएको छ।
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/207973071_1244063952725659_3459609924559349272_n-1024x463.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2021/06/207973071_1244063952725659_3459609924559349272_n-1024x463.png)
गरिब तथा बिपन्न बर्गलाइ सौर्य तथा नबिकरणिय उर्जाको सुबिधा पुर्याउन पहल गरिने छ । सडक निर्माणको गुरु योजना बनाइ प्राथमिकताको आधारमा सडकहरुको स्तर उन्नती गरिने जनाइएको छ । नगरका सबै वडाहरुमा बिपद ब्यब्स्थापन कोष खडा गरि बिपद जोखिम न्युनिकरण योजना बनाइ वडाहरु बाट प्रवाह हुने सेवालाइ छिटो छरितो ,पारदर्शी र गुणस्तरीय बनाइने जनाइएको छ ।
युवालाइ खेलकुद बिकास ,सामाजिक परिचालन तथा बिपद ब्यबस्थापन जस्ता क्षेत्रमा कृयाशिल बनाइ रंगशाला तथा खेल मैदानको निर्माण तथा स्तरोन्नति गरिने जनाइएको छ।
राष्ट्रिय सभाका सदस्य सुमनराज प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको नीति तथा कार्यक्रममा नेकपा एमालेका नगर कमिटी अध्यक्ष पारस दाहाल, नेकपा माओबादी केन्द्रका जिल्ला सदस्य सन्तोष खतिवडा ,नेपाली काङ्रेस पार्टिका रोहिणी पोखरेल, जसपाका नगर अध्यक्ष राम कुमार यादब , एमाले नेता मुरारी कार्की ,पत्रकार महासङ सप्तरी सदस्य खगेन्द्र कार्की लगाएतले नीति तथा कार्यक्रममा आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यपालिका सदस्य सर्मिला खड्काले स्वागत गरेकी थिइन भने न्यायिक पालिका सद्स्य कालुराम बिष्टले कार्यक्रम सन्चालन गरेका थिए।
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/md.png)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
![](https://kanchanrupnews.com/wp-content/uploads/2023/07/358599309_657060879775461_8596056188687646554_n-1.jpg)
Add Comment