अर्थतन्त्र

कञ्चनरुप नगरपालिकाको बजेट ६५ करोड ५६ लाख ९ हजार ४ सय ६५ रुपैयाँ, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता

डम्बर राई / उत्तम आचार्य –
कञ्चनरुप , असार ११ गते ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले आ.व. ०७८÷०७९ को बार्षिक बजेट सार्वजनिक गरेको छ । विहिवार पाँचौं नगरसभाले पारीत गरेको ६५ करोड,५६ लाख, नौ हजार चार सय पइसठ्ठी रुपैया बरावरको पूरक वजेट पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको जानकारी गराएका छन् ।
यो पूरक वजेटमा आन्तरिक श्रोत दुई करोड, ३४ लाख, आठ हजार, राजस्व बाँडफाँड संघिय सरकार समेत एक करोड, ३७ लाख,१४ हजार, संघीय सरकार समानिकरण अनुदान १५ करोड, ८३ लाख, प्रदेश सरकार समानिकरण अनुदान ११ करोड, १० लाख छ हजार, संघीय सरकार बिशेष अनुदान चालु एक करोड, ३३ लाख, शसर्त अनुदान चालु २७ करोड १७, समपुरक अनुदान चालु ९० लाख छ ।

यस्तै प्रदेश सरकारतर्फ बिशेष अनुदानमा ३० लाख र समपुरक अनुदानमा २० लाख, कर्मचारी कल्याण कोष गत, चालु र आगामी बर्षको समेत गरी ५८ लाख ७७ हजार एक सय पचहत्तर, गत आवको मौजजात अनुमानित पाँच करोड, ३५ लाख रहेको छ । नगरसभामा पेश भएको ०७८÷०७९ को वजेट विनियोजित अनुमानित व्यय शिर्षकमा खुलाइएको अनुसार यस बर्ष वडामा बजेट घटाइएको छ । गत बर्षको तुलनामा एक करोड कम गरिएको हो । १२ वटै वडामा आठ करोड छुट्टाइएको छ ।
यसैगरी भौतिक पूर्वाधार योजनामा दुइ करोड ५० लाख, आर्थिक विकासमा ६८ लाख ५६ हजार नौ सय साठी, सामाजिक विकासमा एक करोड ५५ लाख, ८४ हजार, कार्यालय संचालनमा ११ करोड ३८ लाख, क्रमागत योजनामा चार करोड तीस लाख छ । कोरोना समपुरक लगायत नगर स्तरिय कार्यक्रममा चार करोड चालिस लाख, सु शासन तथा संस्थागतमा ६० लाख ९३ हजार, तीनसय चौवालिस, वन तथा वातावरण, विपद व्यवस्थापनमा २६ लाख ३३ हजार छसय छियानव्वे र गोरवशाली तर्फ एक करोड खर्च गरिने उल्लेख गरेको छ । गौरवशाली योजनामा पछि संघ र प्र्रदेश सरकारबाट आउने बजेटबाट थप गरिने सम्मेलन मार्फत प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले बताउँनु भयो । मर्मत सम्भार,संघीय सर्शत, विशेष, समपुरक र प्रदेशको कार्यक्रममा याय विवरणमा खुलाइएको त्यहि बमोजिममा खर्च गरिने जनाइएको छ ।

पारित नीति तथा कार्यक्रमकै शिर्षकमा उल्लेखित बजेट खर्चिने साथै नगर प्रवक्ता एवं वडा नम्वर ८ का वडाध्यक्ष राज कुमार साहले १५ शैयाको अस्पतालको निर्माण कार्यका लागि ठेक्का लागिसकेको र चाँडै काम सुरु हुने जानकारी गराउँनु भयो । अस्पताललाई जग्गा कमहुने भएकोले जग्गा थप्ने कामले केहि ढिलाई भएको हो प्रवक्ता साहले बताउँनु भयो ।
यस बर्ष शिक्षा, स्वास्थ्य र कृषिक्षेत्रमा बढी आफुहरुको ध्यानकेन्द्रित भएको उहाँले प्रस्ट्याउदै भन्नुभयो, सर्पदंशको उपचारका लागि सहमति आएको छ तालिम सम्पन्न गरेर यस सम्बन्धि कर्मचारी राखेर छिट्टै संचालनमा ल्याउने छौं । चालु आवमा ८५ प्रतिशत नगरमा भौतिक प्रगति भएको आँकडा देखाउदै प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले सबै वडाहरुको सिलिङ्ग अन्तर्गतको प्रगति विवरण पाठ गरेर जानकारी गराउँनु भयो ।

वडा १ मा २० वटा कार्यक्रममा १६ वटा सम्पन्न, २ मा ९ वटा सम्पन्न ८, ३ मा १७ वटा सम्पन्न १२ वटा, ४ मा १९ वटा सम्पन्न १६ वटा, ५ मा ११ सबै सम्पन्न, ६ मा १७ वटा १६ सम्पन्न, ७ मा १९ सम्पन्न १८, ८ मा १८ सम्पन्न १५, ९ मा १४ सम्पन्न ८, १० मा ११ सम्पन्न १०, ११ मा २१ सम्पन्न २० र वडा १२ मा १६ वटामा सबै सम्पन्न भएको सञ्चारकर्मीहरुलाई जानकारी दिइएका छन् ।
संसदीय विकास कोष तर्फ वडा १०, ६, ५ मा सम्पन्न, १२ र ३ मा सम्पन्न तर भुक्तानी बाँकी ८, २ मा रनिङ्ग अवस्थामा रहेको छ । नगर प्रमुख बसन्त कुमार मिश्रले नगरको विकास तुलनात्मक रुपमा मात्र राम्रो होइन अब समग्ररुपमै राम्रो चाहिएको हो यसका लागि आफुले सक्दो भुमिका निर्वाह गरेको बताउँनु भयो । शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर गत बर्षका दिनहरुमा लगानी गर्दै आएँको मिश्रको कथन छ ।

संचारकर्मीको जिज्ञासालाई स्वीकार गर्दै नगर उपप्रमुख निरु पोखरेलले नगरसभाबाट पारित नीति तथा कार्यक्रमलाई जस्ताको त्यस्तै लागु गर्ने र तोकिएका काम तथा योजना बमोेजिमको काम वडाहरुमा पनि तलमाथी हुन नदिइने सम्मेलनमा प्रतिबद्वता जाहेर गर्नुभयो । कार्यक्रमको औचित्यबारे प्रशासन शाखा प्रमुख राजेश यादवले गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page