अर्थतन्त्र

उदयपुरको बेलका नगरपालिकाले ल्यायो ६९ करोड ७६ लाख ४५ हजार कूल बजेट

उदयपुर । उदयपुरको बेलका नगरपालिकाले आठौं नगरसभाबाट आगामी आ.व. २०७८/०७९ को लागि ६९ करोड ७६ लाख ४५ हजार कूल बजेट प्रस्तुत गरेको छ ।
सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य,युवा तथा खेलकुदमा प्राथमिकताका साथ ५ करोड ४६ लाख ४५ हजार बजेट विनियोजन गरिएको छ । यो कूल बजेटको ७ दशमलव ८३ प्रतिशत हो ।
त्यस्तै पूर्वाधार भौतिक बिकासमा १ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आठौं नगरसभाले बेलका नगरपालिका को ९ वटा वडामा पुँजीगततर्फ ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

कार्यलय संचालन तथा प्रशासनिक (नगर वडा) तर्फ ८ करोड ८५ लाख ५० हजार रुपैयाँ , वातावरण तथा वितपद वयवस्थापन तर्प ४० लाख रुपैया र संस्थागत विकास सेवा प्रभाव सुशासन तर्फ १ करोड ७६ लाख रुपैया विनियोजन गरिएको छ ।
समपुरक तथा साझेदारी कार्यक्रम तर्फ २ करोड ४० लाख रुपैया र नगरका गौरवका आयोजनाहरुमा ४ करोड ४० लाख ५० हजार विनियोजन गरेको छ ।
बजेटमा नगर प्रशासकिय भवन,फोहोर व्यवस्थापना तथा उध्यान निर्माण, आधारभुत अस्पपताल, कृषी, खानेपानी, पर्यटन, सडक स्तारोन्नती, शिक्षा, स्वास्थ्य वन वातावरण तथा कृषि क्षेत्रलाई नगरको गौरवका योजना सहित मुख्य प्राथमिकता दिईएको नगर प्रमुख दुर्गा कुमार थापाले जानकारी दिनुभयो । ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page