अर्थतन्त्र

सप्तरीको खडक नगरपालिको बजेट ७८ करोड ४४ लाख

कञ्चनरुप (सप्तरी), ११ असार । सप्तरीको खडक नगरपालिकाले आ.व. २०७८/०७९ को लागि ७८ करोड ४४ लाख रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
उप–प्रमुख यास्मिन सुल्तानले आर्थिक बर्ष २०७८/०७९ को लागि प्रस्तावित बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तावित चालू खर्च ५१ करोड, २६ लाख तथा पूँजिगत खर्च २७ करोड, १७ लाख ४० हजार बजेट पारित भएको छ । सम्पन्न आठौं नगरसभाबाट स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page