समाचार

गजेन्द्रनारायण सिंह अस्पताललाई जसपा अध्यक्ष यादवद्वारा आधुनिक मेसिन ,स्वास्थ्य सामाग्री हस्तान्तरण

बृजमान तामाङ /
बिरेन्द्र बजार, १२ असार ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजबिराजलाई कोरोना नियन्त्रण गर्ने आधुनिक मेसिन सहित विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
शनिबार सप्तरी सदरमुकाम राजबिराज स्थित रहेको अस्पतालमा पुगेर यादवले उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । अध्यक्ष यादवले अस्पताल परिसरमा आयोजित एक कार्यक्रमका बिच अक्सिजन कन्सिटेटर मेसिन ९ थान र केएन ९५ माक्स ७० कार्टुन लगायतका स्वास्थ्य सामाग्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झालाई हस्तान्तरण गरे ।
अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै अध्यक्ष यादवले कोरोना अझै नियन्त्रणमा आई नसकेले सजकता अपानाउन आग्रह गरे । कोरोना विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, संचारकर्मीलाई धन्यवाद दिदै सप्तरी निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य अध्यक्ष यादवले, कोरोना नियन्त्रणमा स्वास्थ्यमार्मी र संचारकर्मीको महत्वपूर्ण योगदान रहेको बताए ।

कोरोनाको तेस्रो लहर नेपालमा पनि देखिन थालेकोले कोरोना संक्रमितलाई उपचारमा कमि हुन नदिन निर्देशन दिदै अध्यक्ष यादवले अस्पतालको बिकासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारी समिती सदस्य तथा पुर्व शिक्षा मन्त्री रेणु यादवले शिक्षा र स्वास्थ्य क्षेत्रमा अध्यक्ष यादवले पुर्‍याएको योगदान अबिस्वास्निय रहेको बताए । पुर्व स्वास्थ्य मन्त्री यादवले रामराजा सिंह प्रतिष्ठान, नर्सिङ कलेज, ईन्जिनिरिङ्ग कलेज सप्तरीमा स्थापना गर्न योजना ल्याएको उल्लेख गर्दै, केही बर्ष पछि सप्तरी बासिले पढाई र उपचारका बाहिर जानू नपर्ने बताए ।
प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले स्वास्थ्यसेवाको लागि प्रदेशबासिले बाहिर जान नपर्ने आधर बन्दै गएको बताए । मदन भण्डारी, मनमोहन, बिपिको नाममा संचालित अस्पतालमा सुबिधा दिने सरकारको बिभेदपुर्ण ब्याबहारले सप्तरी लगायतका प्रदेशबासिले १ र ३ नम्बर प्रदेशमा उपचार गर्न जानू बाध्य भएकोले प्रदेश सरकारले उपचार गर्न प्रदेश बासि बाहिर जानू नपर्ने योजना ल्याएको जानकारी दिए । मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान र गजेन्द्र बाबुको नामबाट संचालित अस्पतालमै उपचार हुने उनको भनाई थियो ।
प्रदेश नम्बर २ का भुमी ब्याबस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले गजेन्द्रनारायण सिंह सगरमाथामा अञ्चल अस्पतालको सेवा सुधारउन्मुख रहेको बताए । साहले स्वास्थ्य सेवालाई आधुनिकरण गर्न स्वास्थ्यकर्मीले खेलेको भुमिकाको प्रसंशा गर्दै थप जनताप्रति उत्तरदायी र जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
कार्यक्रमको संचालन गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डा। रन्जित झाले गरे ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page