राजनीति

नयाँ सरकार शेर बहादुर देउवाको नेतृत्वमा चाँडै बन्ने ; उपेन्द्र यादव

बृजमान तामाङ /
बिरेन्द्र बजार, १२ असार ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विघठित प्रतिनिध सभा पुनर्स्थापना हुने र चाडै शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन ।
राजबिराज स्थिति गजेन्द्रनारायण सिंह अञ्चल अस्पताललाई कोरोना बिरुद्धको स्वास्थ्य सामाग्री प्रदान गर्न शनिबार सप्तरी पुगेका यादवले पत्रकारहरुसंग छोटो कुराकानी गर्दै यस्तो दाबी गरेका हुन ।
अध्यक्ष यादवले ओलि सरकार गैरसंबैधानिक भएकोले संविधान तहत नयाँ सरकार शेर बहादुर देउवाको नेतृत्वमा चाँडै बन्ने बताए । ओलि सरकार आफै असंबैधानिक छ, अध्यक्ष यादवले भने,अबैधानिक सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा गैरसंवैधानिक तरिकाले गरेको साँसद पुनर्स्थापना भई चाँडै देउवाको नेतृत्वमा नयाँ सरकार बन्छ । अध्यक्ष यादवले पाँच दलिय गठबन्धनले संबिधान बमोजिम सरकारको नेतृत्वको दाबी प्रस्तुत गरेको जिकिर गरे ।
हाम्रो गठबन्धनको तर्फबाट संबिधानको धारा ७६ (५) बमोजिम सरकारको नेतृत्व पाउनुपर्छ भनी दाबी प्रस्तुत गरेका छौ, अध्यक्ष यादवले भने, संबिधानको रक्षाका लागि सर्वोच्च अदालतबाट पनि हाम्रो पक्षमा फैसला गर्ने बिश्वास गरेको छु । पुर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले ओलिको निरङ्कुश कदमले संघीय लोकतान्त्रिक गणतन्त्र धारप परेको भन्दै देश २०४७ तिर पुग्ने सम्भावना रहेको बताए ।

प्रधानमन्त्री ओलिको कदम राजामाहाराजहरुले चालेको निरुङकुश शैलि भन्दा फरक नभएको उल्लेख गर्दै यादबले राजा त्रिभुवन, महेन्द्र, ज्ञानेन्द्र भन्दा बढी ओलि तानाशाही रहेको जिकिर गरे । देश र संबिधानको रक्षामा लागि सबै परिबर्तन र अग्रगामी शक्ति एकजुट हुनुपर्नेमा उनले जोड दिए । अध्यक्ष यादवले मधेशी, आदिबासी जनजाति,दलित, मुश्लिम , महिला सहित सम्पुर्ण विभेद र अन्यायमा परेको समुदाय तथा परिबर्तनकारी शक्तिलाई ओलिको स्वईच्छाचारी निर्णय विरुद्ध गोलबद्व हुन आग्रह गरे ।
जसपा अध्यक्ष यादवले प्रतिगमनको सारथि बनेका आफ्ना नेताकार्यकर्तालाई आत्माआलोचना गरि प्रतिगमनकारीको साथ छोडेर आए कारबाही फुकुवा गर्ने बताए । हाम्रो लडाई कुनै ब्याक्ती बिशेष र पार्टीको विरुद्ध होईन अध्यक्ष यादवले भने, हामी प्रतिगामी र प्रतिगमन विरुद्ध हो, उनले थपे( उहाहरु अग्रगमनको साथमा आउँछ भने स्वागत गर्छौ ।
गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल राजबिराजमा भएको पत्रकार भेटघाटमा जसपाका केन्द्रिय कार्याकारिणी समिती सदस्य तथा प्रदेश नम्बर २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साह, प्रदेश नम्बर २ का भुमी ब्यबास्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, जसपा केन्द्रिय कार्यकारिणी समिती सदस्य एबम पुर्व शिक्षा मन्त्री रेणु यादव, प्रदेश नम्बर २ का उपसभामुख उपमा देव, प्रदेश आम संचार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव लगायतका ब्यक्तिहरुको समेत उपस्थित रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page