शनिबार, १५ कात्तिक २०८३ राशिफल पात्रो विनिमय दर
सप्तरी, मधेस र देशभरका ताजा खबर शनिबार, १५ कात्तिक २०८३
समाचार

निर्धारित समयभित्र सप्तरीका पाँच पालिकाले बजेट ल्याउन सकेनन्

कञ्चनरुप । सप्तरीमा निर्धारित समयभित्र पाँच पालिकाले बजेट ल्याउन सकेन । १८ मध्ये १३ स्थानीय तहले तोकिएकै समयमा नीति तथा कार्यक्रम र बजेट ल्याएको छ भने ५ स्थानीय तहले बजेट ल्याउन सकेको छैन् ।
सप्तरीको कञ्चनरुप, राजविराज, खडक, सप्तकोशी, सुरुङ्गा, शम्भुनाथ, डाकनेश्वरी नगरपालिका र अग्नीसाइर कृष्णासवरण, तिलाठी कोईलाडी, महादेवा, राजगढ, विष्णुपुर र रुपनी गाउँपालिकाले असार १० भित्र सभा गरेर नीति तथा कार्यक्रम र बजेट ल्याइसकेको छ ।
राजनीतिक खिचातानी र आवश्यक तयारी नगरेका कारण सप्तरीको हनुमाननगर कंकालिनी र बोदेबर्साईन नगरपालिका तथा तिरहुत, बलान बिहुल र छिन्नमस्ता गाउँपालिकाले समयमै बजेट ल्याउन सकेको छैन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट पनि समयमा ल्याउन सकेको थिएन ।
सप्तरीका १८ पालिकामध्ये १३ पालिकाले असार १० भित्र सभा गरेर निति , कार्यक्रम तथा बजेट ल्याइसकेको छ ।

विज्ञापनAdmizz Education — IELTS, PTE, Duolingo, SAT
यो समाचार सेयर गर्नुहोस्

सम्बन्धित समाचार

सबै हेर्नुहोस्

तपाईंको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

विज्ञापन · 320 × 50—विज्ञापनको लागिसम्पर्क: 9814728171, 9842928333

You cannot copy content of this page