समाचार

बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अबस्थामा दुई जना पक्राउ

मोरङ, असार १४ गते । प्रहरीले मोरङको बुढिगंगा गाउँपालिका २ टंकिसिनवारीमा एनआइसि एसिया बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अबस्थामा दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ९ का २४ वर्षीय मो. ईम्तियाज र २५ वर्षीय मो. अनिष हुसेन रहेका छन् ।
उनीहरुलाई आज (सोमबार) बिहान पौने ३ बजे सरस्वती खड्काको घरमा संचालनमा रहेको बैंकको एटिएममा बिभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो ।
पक्राउ परेका उनीहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page