समाचार

कञ्चनरुप नगरपालिकाद्वारा विकासिय योजनाहरुको अनुगमन गर्ने कार्यलाई तिब्रता

उत्तम आचार्य /
कञ्चनरुप (सप्तरी), १४ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले विकासिय योजनाहरुको अनुगमन गर्ने कार्यलाई तिब्रता दिएको छ ।
सोमबार अनुगमन समितिको संयोजक नगर उप–प्रमुख निरु पोखरेलको नेतृत्वको टोलीले पाँच वटा योजनाहरुको अनुगमन गरेको छ ।
कञ्चनरुप–१२ रुपनगर स्थित रहेको रुपनगर नन्दराज संग्रौला क्याम्पसमा १० लाख को लागतमा निर्माण भएको बाउण्ड्री बाल, धरमपुर स्थित रहेको राधाकृष्ण मन्दिरमा ५ लाखको लागतमा निर्माण भएको पूजारी घर र पुस्तकालय, धरमपुर स्थित रहेको रु ५ लाखको लागतमा निर्माण भएको अधुरो सामुदायिक भवन, वडा नम्बर ११ स्थित गोरपार स्थित रहेको राष्ट्रिय जनता आधारभूत विद्यालयमा ३ लाख ५९ हजार ९ सय ५९ रुपियाँ ७८ पैसाको लागतमा गरिएको मर्मत सम्भार र वडा नम्बर ९मा १० लाखको लागतमा गाडिएको १६ वटा समरसियल पम्पको अनुगमन गरेको थियो ।

जम्मा ५ वटा आयोजनाको अनुगमन गर्दा सन्तोष जनक पाइएको नगर प्रमुख बसन्तकुमार मिश्रले बताउनुभयो ।
अनुगमन टोलीको संयोजक उप–प्रमुख निरु पोखरेलले अनुगमन गरेका पाँच वटै विकासिय योजनाहरु ठोस रुपमा भएकोले सन्तोषजनक नै रहेको बताउनुभयो ।
अनुगमन टोलीमा अनुगमन टोलीको संयोजक उप–प्रमुख निरु पोखरेल, नगर प्रमुख बसन्त कुमार मिश्र, प्रेस सल्लाहकार उत्तम आचार्य, नगरपालिकाका प्राविधिकहरुको सहभागीता रहेको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page