समाचार

बिधुत महसुलमा जरीमाना सर्बसाधरण मारमा

खगेन्द्र कार्की /
फत्तेपुर:-
लकडाउनको समयमा बिधुत महसुलमा जरीमाना लगाएको भन्दै स्थानीयले गुनासो पोखेका छन् ।
नेपाल बिधुत प्राधिकरण कंचनपुर बितरण केन्द्र सप्तरी फत्तेपुर फ्युज सेबा बोमाइल काउन्टर फत्तेपुरले लकडाउन भएको जेष्ठ महिनाको बिल नै नकाटि एकै चोटि असार महिनाको बिलमा १० प्रतिशत जरीमाना काटेकोले बिधुत उपभोक्ता मारमा परेको स्थानीय केदार पराजुलीले बताए ।

लकडाउन भएकाले जेष्ठ महिनामा बिल नै आएन र बिधुत महसुल काउन्ट पनि खुल्ला नभएकोले महशुल तिरिएन असार मा लकडाउन खुकुलो भए संगै असार १३ गते तिर घरमा बिल आयो र महसुल बुझाउन जादा जेष्ठ महिनाको महशुल सहित १० प्रतिशत जरीमाना काटेको स्थानीयहरुको गुनासो छ ।
सोहि बिषयमा नेपाल बिधुत प्राधिकरण कंचनपुर बितरण केन्द्रका प्रमुख सन्जिब शाहा संग बुझ्दा यो यहाँको समस्या हैन केन्द्र बाटै सिस्टम गढबडि भै जरीमाना सहित आएको र यसको समाधानको लागि केन्द्रमा जानकारी गराइ सकेको बताए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page