समाचार

सप्तकोशी नदीमा पानीको वहावले खतराको संकेत पार गरेपछि २९ ढोका खुल्ला गरियो

कञ्चनरुप (सप्तरी), १९ असार । पहाडि जिल्लाहरुमा लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको वहावले खतराको संकेत पार गरेको छ । कोशी नदीमा बहाब बढेपछि सप्तरी , सुनसरी र उदयपुर जिल्लाका स्थानीय वासीन्दाहरुलाई सतर्क रहन आग्रह गरिएको छ ।
कोशी व्यारेज प्रशासनका अनुसार नदीमा पानीको वहाव यस वर्षकै उच्च पुगेको छ । गए रातिदेखि बढ्दो नै रहेको पानीको वहाव शनिवार बिहान दुई लाख नाघेको छ ।
शनिबार बिहान १० बजेको मापन अनुसार सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड २ लाख ३१ हजार ६ सय ५५ क्युसेक पुगेको छ ।
वहाव बढेसँगै ब्यारेजका ५६ ढोकामध्ये २९ वटा ढोका खुला गरिएको प्रशासनले जनाएको छ । पानी वहाव अहिले बढ्दो नै रहेकाले आवश्यकता अनुसार थप ढोका खुला गरिने बताइएको छ ।
पानीको बहाव उच्च भएसँगै सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि सुनसरी, उदयपुर र सप्तरीका सर्बसाधारण त्रसित भएका छन् । तटबन्ध आसपास बसोवास गर्नेहरुलाई सतर्क भएर बस्न प्रशासनले आग्रह गरेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page