समाचार

कञ्चनरुप नगरपालिकाद्वारा १२ वटै वडामा उन्नत जातको बोयर बोका वितरण

कञ्चनरुप , २१ असार । सप्तरीको कञ्चनरुप नगरपालिका पशुपंक्षी विकास शाखा कञ्चनपुरले सोमबार उन्नत वोयर जातको बोका वितरण गरेको छ ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख बसन्त कुमार मिश्रले नगरपालिकाले किसानको हितमा काम गरिरहेको बताउँदै पशुपालन गर्ने किसानहरुलाई बढी आम्दानी होस भनेर उन्नत वोयर जातको बोका खरीद गरी ल्याई वितरण गरेको बताउनुभयो ।
उपप्रमुख निरु पोखरेल, प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले सामुहिक रुपमा उन्नत जातका बाख्रापालन गरेमा बढी भन्दा बढी लाभ लिन सकिने बताउनुभयो ।

पशुपंक्षि विकास शाखाका प्रमुख दिवाकान्त चौधरीले झापा जिल्लाको बुद्धशान्ती गाउँपालिकाबाट १० लाखको लागतमा १३ वटा उन्नत वोयर जातको १३ वटा बोका दरिद गरी ल्याइ १२ वटै वडामा एक/एक वटाका दरले वितरण गरिएको बताउनुभयो ।
उहाँका अनुसार खरिद गरी ल्याइएको बोयर जातको बीउ बोका हो, यो अहिले ४/५ महिनाको भएको छ । ८ महिना भएपछि मात्र बाख्रामा लगाउन सकिने छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page