समाचार

दलित उत्थानका लागि नीतिगत व्यवस्था कार्वान्वयनको अवस्था बारे सचेतना कार्यक्रम

डम्बर — उत्तम आचार्य /
कञ्चनरुप ,असार २१ गते ।
कञ्चनरुप नगरपाालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले दलित समुदाय पछाडी पर्नुको मुख्य कारण शिक्षा हो भन्नुभयो । शिक्षाबाट पछाडी पर्ने जो कोहिपनि प्रतिस्पर्धात्मक कार्यबाट बञ्चित हुन्छन् नगर प्रमुख मिश्रले भन्नुभयो, तथ्याङ्कगत भन्नुपर्दा शिक्षामा दलित समुदायकै सहभागिता कमी छ । शिक्षा र स्वास्थ्यको यति महत्व छ तर यहि चिजलाई हाम्रा समाजमा ध्यान पुर्याउदैन ।
नगरपालिकाका सामाजिक बिकास शाखाद्वारा आयोजित दलित उत्थानका लागि नीतिगत व्यवस्था कार्वान्यनको अवस्था बिषयक सचेतनामुलक कार्यक्रमको उदघाटन समारोहमा यस्तो बताउँनु भएको हो । उहाँले दलित समुदायहरुको अवस्थालाई सुधार गर्ने तथा सेवा, सुविधासंगै श्रोत र साधन उपलब्ध गराउन नगरपालिका नचुक्ने बताउनु भयो । यि जाती समुदाय आर्थिक अवस्थाबाट माथी नउठेकोले प्राय मेहनेत गरेरै जिविकोपार्जन गर्नुपर्ने भएकोले पनि शिक्षामा ध्यान पुग्न नसकेको उहाँले धारणा व्यक्त गर्दैै शिक्षा र स्वास्थ्यमा जुट्न आग्रह गर्नुभयो ।

नगर उप-प्रमुख निरु पोखरेलले दलित समुदायले आफ्ना निम्ती बनेका नीति नियम तथा कानुन बुझनु जरुरी रहेको बताउँनु भयो । आफनो हक अधिकार के के रहेछन् ? अधिकार प्र्राप्ती कहाँबाट हुन्छ भन्ने कुराको खोजी गर्दैनौं भने हामी पछाडी अवश्य पर्छाै । उहाँले भन्नुभयो, पछिल्लो समयमा दलित समुदायको जीवन स्तरमा केहि परिवर्तन आएकाछन् यो हामी सबैको उपलब्धी हो ।
आयोजित सचेतनामुलक कार्यक्रममा वडा नम्बर १,२,३ र ४ का सहभागिहरुलाई दलित सरोकार मञ्चका कार्यकारिणी निर्देशक भोला पासवानले नेपालको संविधान २०७२ मा दलित समुदायका हक, अधिकारका उल्लेख रहेका धारालाई स्पष्टयाएका थिए ।

मौलिक हकमा दलितका लागि कानुनले के कस्ता अधिकार प्रत्यायोजन गरेको रहेछ र उल्लेखित कानुन बमोजिमका हक, अधिकार पाइएको छ वा छैन भन्ने विषयलाई उठान गर्दै पासवानले नीति नियममा प्रष्ट हुन सचेत गराएका थिए । तर राज्यको तिनवटै तहमा दलितलाई नीति नियममा उल्लेख गरेका कुनै भागबण्डामा समावेस नगरिएको सहभागिहरुले गुनासो गरेका छन् ।
त्यस्तै जातीय छुवाछुतको विभेद, राज्यसंयन्त्रमा सहभागिता जस्तै भर्ना, नियुक्ती, शिक्षा अध्ययनमा कक्षा १२ सम्म निशुल्क भनिएतापनि बिधालयले दलितका छात्र छात्रालाई विभिन्न शुल्क लिने, शिप र श्रोतको विशेष व्यवस्था मिलाइने कानुनमा खुलाइएपनि यो दलितमा लागु नभएको कार्यक्रममा सवाल उठेको थियो ।
सञ्चाकर्मी राज कुमार साहले दलितका लागि स्थानिय तहका सरकारले के के व्यवस्था मिलाउदै आए र भावी नीति कार्यक्रम कस्तो निर्माण भएकाछन् भन्ने बारेमा पनि कार्यक्रममा प्रस्तुती गरिएको छ । कञ्चनरुप नगरपालिकाले दलितका लागि गरेको कार्यक्रमको संक्षिप्त व्याख्या गर्दै आगामी आव. २०७८—०७९ का कार्यक्रम तथा बजेटको विषयलाई अध्ययन गराइएको छ ।
सञ्चाकर्मी, प्रमुख प्रशासकीय अधिकृत नवराज खडका, दलित सरोकार मञ्चका कर्मचारी लगायतका उपस्थिति रहेको सो कार्यक्रमलाई सामाजिक विकास शाखाकी प्रमुख शुसीला चौधरी र शाखा अधिकृत भावना घिमिरेको सहयोग गर्नुभएको थियो ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page