अर्थतन्त्र

फेरि पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि,ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । १३ दिनपछि नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
नयाँ मूल्य अनुसार पेट्रोल, डिजेर ,मट्टीतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १२९ रुपैयाँ, डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर ११२ रुपैयाँ पुगेको छ ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आन्तरिक हवाई इन्धन प्रतिलिटर २ रुपैयाँले बढाएर ८४ रुपैयाँ पुर्याएको छ भने, अन्तर्राष्ट्रिय हवाई इन्धनमा पनि प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएर ७५४ डलर पुगेको छ ।
खाना पकाउने ग्यासको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँले बढेर १४ सय २५ रुपैयाँ पुगेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page