मधेस प्रदेश समाचार सूचना प्रविधि

प्रदेश २ लोक सेवा आयोगद्वारा ठुलो सङ्ख्यामा कर्मचारी भर्नाको लागि निकाल्यो विज्ञापन

जनकपुरधाम । प्रदेश लोक सेवा आयोग प्रदेश २ जनकपुरधामले ठुलो संख्यामा विज्ञापन निकालेको छ । प्रदेश निजामती सेवाले खुल्ला प्रतिस्पर्धा तथा बढुवामार्फत रिक्त पदपूर्ति गर्न प्राविधिक तथा अप्राविधिक अधिकृतको विज्ञापन गरेको हो ।
अधिकृत सातौँ तह (प्राविधिक), अधिकृत एघारौँ र नवौँ तह (प्राविधिकरअप्राविधिक), अधिकृत सातौँ (प्राविधिकरअप्राविधिक) पदको लागि बढुवामार्फत पदपूर्ति गर्न विज्ञापन गरिएको छ ।
त्यसैगरी खुला समावेशी र अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गर्नका लागि अधिकृत सातौँ तह प्रशासन सेवा (अप्राविधिक), प्राविधिक तर्फ तथ्याङ्क, इन्जिनियरिङ, कृषि, वन र शिक्षा सेवाका सातौँ तहका अधिकृतको लागि विज्ञापन गरिएको छ ।
यस्तै खुला प्रतिस्पर्धामार्फत पूति गर्न प्राविधिकतर्फ स्वास्थ्य सेवाको अधिकृत आठौँ तह र अधिकृत सातौँ तहको लागि पनि विज्ञापन गरिएको छ ।
दरखास्त दिने अन्तिम म्याद साउन २० गतेसम्म र दोब्बर दस्तुर तिरी साउन २७ गतेसम्म रहेको छ ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page