कलाकार प्रवास समाचार

भारतीय टिभी सिरियल ‘बालिका वधु’कि चर्चित अभिनेत्री सुरेखाको निधन

धारावाहिक फिल्महरुमा हजुरआमाको भूमिका निभाउने सुरेखा सिकरीको निधन भएको छ । उनी भारतको निकै चर्चित कलाकार हुन् । उनलाई मुटुमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।
अभिनेत्रीका मेनेजरले उनको निधनको पुष्टि गरेका छन् । गत उनलाई गत वर्ष पनि ब्रे न स्ट्रो क भएको थियो । यसपछि उनको स्वास्थ्य अवस्था बिग्रदै गएको भारतीय मिडियाले उल्लेख गरेका छन् । ‘तीन पटक नेशनल अवार्ड विजेता भइसकेकी सुरेखाको शुक्रवार बिहान निधन भएको छ ।
उनको उमेर ७५ थियो ।यो समयमा उनका परिवारका सबै सदस्य उपस्थित छन् । उनीहरुले गोपनियता मागेका छन्’, मेनेजरले भनेका छन् । नयाँदिल्लीमा जन्मिएकी सुरेखाले उत्तर प्रदेशको अल्मोडा र उत्तराखण्डको नैनीतालमा आफ्नो जीवन बिताइन् ।
अभिनेत्रीले अलीगढ मुस्लिम युनिवर्सिटीबाट आफ्नो पढाई पुरा गरिन् र नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकिन् । उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सी का’बाट अभिनय करियर सुरुवात गरिन् । यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन् ।
सुरेखाले चर्चित सिरियल ‘बालिका वधु’मा ‘दादी’को भूमिका निभाएकी थिइन् । यो भूमिका यति चर्चित भयो कि उनलाई जोकोहीले ‘दादी सा’ नामले बोलाउन थाले । अहिले पनि उनलाई यही नामले बोलाउने गर्छन् ।
फिल्मको कुरा गर्दा उनले ‘तमास’, ‘हरी–भरी’, ‘जुबैदा’, ‘नजर’, ‘मामो’, ‘सरदारी बेगम’, ‘सरफरोश’, ‘बधाई हो’ मा अभिनय गरेकी छन् । उनले ‘तमास’, ‘मामो’ र ‘बधाई’का लागि नेशनल अवार्ड जितेकी छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page