धर्म संस्कृति

नगर प्रमुख मिश्रद्वारा भगवान गणेशको मूर्ती अनावरण

डम्बर राई /
कञ्चनरुप (सप्तरी)।
सप्तरीको कञ्चनरुप नगरपालिका ८ स्थित मगरटोलमा निर्मित गणेश मन्दिरमा विधिवतरुपले भगवान गणेशको मूर्ती स्थापना गरिएको छ ।
नगर प्रमुख बसन्त कुमार मिश्रले पूजाआजा गरी बुधवार भगवान गणेशको मूर्ती अनावरण गर्नुभएको हो । शुभ साइत विहान ११ बजेको समयमा मूर्ती आनावरण गरी दिउँसो तीन बजे रिवन काटेर मन्दिरको उदघाटन भएको थियोे ।
नगर प्रमुख मिश्रले मन्दिरको उदघाटन गर्नुहुदै भन्नुभयो, भगवानको आराधना गर्न र चाहेको, इच्छाएको माग्न तथा बोल,कवोल पूरा गर्ने स्थान मन्दिरलाई बुझ्दछौं ।

मन्दिर प्रवेश गरेपछि हाम्रो मन विचारमा शुद्घता आउँछ यत्तिमात्र होइन, सुरक्षित महसुश गरिन्छ अनि हामीले जानेर वा नजानेर गरेका सबै गल्तीहरुबाट हुने पापको धुवाई मन्दिरमै गर्छाै यो जनविश्वास रहेको छ नगर प्रमुख मिश्रले बताउँनु भयो । उहाँले भन्नुभयो, मन्दिर वास्तवमा आस्था हो, यो विश्वासमा भर पर्दछ, आत्म सन्तुष्टि गर्नका लागि भगवानलाई सम्झने र उहाँको वासस्थान रुपी मन्दिरमा जाने गर्दछौं ।
विज्ञानको आविस्कारक युगमा पनि आस्था र विश्वास राख्नैपर्छ , नत्र किनारा नभएको नदी झै हुनसक्छ साथै विज्ञान र धर्म समपुरक बन्न सक्दैन । उहाँले अन्तमा भगवानलाई मनमा राखेर इमान्दारीताका साथ कर्तव्य निर्वाह गर्नुपर्छ , मेहनेत गर्नुपर्छ अनीमात्र हाम्रो मनोकामना पूरा हुनेछ भन्ने सुझाव दिनुहुदै सबै आवश्यक वस्तु भगवानको नाम र मन्दिरको दरवाजामा नपाइनेमा ढुक्कहुन भन्नुभयो ।

सो अवसरमा मन्दिर निर्माणमा सहयोग पुर्‍याउँनुहुने कञ्चनरुप ८ का सरवरिया, मूर्ती स्थापना गर्न सहयोग गर्नुहुने कञ्चनरुप ८ निवासी समाजसेवी युवा उमेश कुमार साह लगायत चन्दा दाताहरुलाई निर्माण तथा मूर्ती स्थापना समितिले सम्मान पत्र हस्तान्तरण गराइएको थियो ।
सो अवसरमा नगर उपप्रमुख निरु पोखरेल, समाजका भद्रभलादमी, तिर्थालु,भक्तालुजन, युवा तजा महिलाको उल्लेख्य सहभागिता रहेको थियो । १२ गते मंगलवार स्थानिय नदीबाट संयौका संख्यामा महिला तथा बालबालिकाहरुले तामझामका साथ जलयात्रा गरेका थिए ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page