राजनीति

पार्टी सुदृृढिकरण तथा संगठन विस्तारका लागि कार्य विभाजन र जिम्मेवारी तोकियो

डम्बर राई
कञ्चनरुप (सप्तरी) ।
पार्टी सुदृृढिकरण तथा संगठन विस्तारका लागि नेता तथा जिम्मेवार कार्यकर्ताहरुलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कार्यस्थल तोकेको छ । विहिवार बसेको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य र जिल्ला कमिटीको बैठकले कार्य विभाजन गरी कार्यस्थल तोकेको सप्तरी पार्टी सचिव देवनाथ यादवले जानकारी दिनुभयो ।
यादवको अनुसार, जिल्ला कमिटीका जिम्मेवार सदस्यहरु रहने गरी १८ वटै पालिकामा छुट्टाछुट्टै अगुवा नेता तथा कार्यकर्ता तोकिएको छ । सबै पालिकामा सम्बन्धित पालिकाका जिल्ला कमिटीका सदस्यहरु अनिवार्य रुपमा रहनेछन् ।

सप्तकोशीमा उत्तम कुमार गौतम, कञ्चनरुपमा सरीता गिरी, असरा चौधरी र मो।कलिम मियाँ, अग्नीसाइर कृष्णासवरणमा मनाई महतो, रुपनीमा भरत महतो, हनुमानगर कंकालनीमा शैलेषचन्द्र झा, तिरहुतमा शैलेषचन्द्र झा, कृष्ण कुमार गुप्ता, तिलाठी कोइलाडी, महदेवा र छिन्नामस्तामा जयप्रकाश ठाकुर, विष्णुपुरमा हिरण्य गुप्ता, राजगढमा मो।मजिज साकीर, बर्साइनमा दिनेश्वर यादव र देव नारायण चौधरी, राजविराजमा सुखराम यादव, शम्भुनाथमा जगदिश साह, बलान विहुलमा दिनेश्वर यादव, खडकमा ईन्द्र कुमार चौधरी र सुरुङ्गामा देव नारायण चौधरीको अगुवाई रहने छन् ।
सप्तरीको कञ्चनरुप नगरपालिका ९ स्थित फुलवारी पाटीप्यालेसमा स्थाई कमिटी सदस्य एवं प्रदेश नम्वर २ का इन्चार्ज सत्य नारायण मण्डल र सप्तरी इन्चार्ज एवं राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेलको उपस्थितिमा बसेको बैठकमा मुख्यतया दुईवटा निर्णयमा केन्द्रित रहेर छलफल गरिएको सचिव यादवले बताउँनु भयो । उहाँको अनुसार, श्रद्घाञ्जली कार्यक्रम र कार्य विभाजन, संगठन विस्तार तथा नविकरणलाई तिब्रता दिइने प्रस्ताव थियो ।

बैठकको प्रमुख आतिथ्यको आसनबाट नेता मण्डलले भन्नुभयो, एमालेको शक्ति कमजोर भएको छैन , बरु फिल्टरिङ्ग हुदै पार्टीको विस्तारक्रममा सुधार आएको छ ।
यस्तै अर्का नेता सुमनराज प्याकुरेलले आगामी चुनावमा एमालेकै बहुमत आउँनेमा कुनै शंका नरहेको बताउँनु भयो । एमालेलाई कमजोर बनाउँने बाह्यशक्तिको चलखेल हो तर यसमा घाटा पार्टीलाई छैन घाटा त तिनैलाई छ जसले चलखेलमा भाग लिएका छन् ।

   

Add Comment

Click here to post a comment

You cannot copy content of this page